अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ आदर्श चोक, गोदाबरी न.पा.४ गोदाबरी नजिक र टीकापुर न.पा. ९ बालुवाटार स्थित टिकापुर-खक्रौला सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.६,६६,७३०।– बराबरको I phone, I phone कभर, I phone डाटा केवल, फलामे कुटो, सुर्ती, ग्यास चुलोका बिभिन्न पाटपुर्जा, प्रेसर कुकरका बिभीन्न सामाग्री लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।