अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२२ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा. १ खडकचोक स्थित सडक खण्डबाट सोही ठाउँ ब्लक नम्बर १३ बस्ने बर्ष २२ को अंकित चौधरीलाई ८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।