भरुवा बन्दुक सहित ३ जना मानिस नियन्त्रणमा
२०८१-१०-२३
- A
- A-
- A+
कैलाली :- मिति २०८१।१०।२२ गते १६:०० बजेको समयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १८ F गाँउ आर्यघाट स्थित अबैध भरुवा बन्दुक थान २ र सानो फलामे चक्कु थान-१ सहित भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १९ बस्ने बर्ष ३९ को गुरु प्रसाद चौधरी, भारत लखिमपुर जिल्ला, खिटी नउसर बस्ने बर्ष ३२ को रियासत अली र ऐ.ऐ. नउझटा बस्ने बर्ष ४० को देसराज राना समेत तिनै जनालाई उक्त हातहतियार सहित नियन्त्रणमा लिएको, सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।