आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-२३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२२ गते १९:१० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१० उदासीपुर बस्ने बर्ष ४० को धन सिह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फर्ममा आगलागी हुँदा उक्त फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,५७,३००।– (एक लाख सन्ताउन्न हजार तिन सय) बराबरको धनमाल जलेर नष्ट भएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।