प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८१-१०-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८१।१०।२२ गते १९:१० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१० उदासीपुर बस्ने बर्ष ४० को धन सिह भण्डारीको काठले बनेको खरले छाएको कुखुरा फर्ममा आगलागी हुँदा उक्त फर्म भित्र रहेका बोइलर कुखुराको चल्ला, दाना, औषधी, काठ, खर लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,५७,३००।– (एक लाख सन्ताउन्न हजार तिन सय) बराबरको धनमाल जलेर नष्ट भएको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको, सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको ।  

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।