अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२३ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ भन्सार कार्यालय नजिकबाट ऐ. लम्कीचुहा न.पा.१ बस्ने बर्ष २३ को भरत सन्ज्याललाई ११० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२३ गते १७:३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ पहाड रोडबाट सोही ठाउँ बस्ने बर्ष २२ को धिरज बलायरलाई २०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२३ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ३ मिलन चोकबाट ऐ. गोदावरी न.पा.२ घर भई हाल मिलनचोक कोठा गरि बस्ने २२ की बिष्ना पालीलाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
डोटी:- मिति २०८१।१०।२३ गते १८:१५ बजेको समयमा जिल्ला डोटी, दिपायल सिलगढी न.पा.४ पिपल्ला बजारमा चेकजाँच गर्दा ऐ.२ दिपायल बस्ने वर्ष ३० को कमल अग्रवालको साथबाट ०.४२० ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको र निजलाई सोधपुछ गर्दा ऐ. आदर्श गा.पा. ५ बस्ने वर्ष २२ को दिनेश रोकायाबाट किनेको हु भनि जानकारी गराएकोमा निजको खोजतलास गर्दै जाँदा ऐ.४ देहिमाण्डौ घर भई ऐ. पिपल्ला कोठा गरी बस्ने वर्ष १९ को अर्जुन बोहराको कोठामा फेला परेका दिनेश रोकाया र अर्जुन बोहरा सहित उक्त पदार्थ र कमल अग्रवाल समेत तिनै जनालाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।