आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-२४
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।२४ गते ०२:५० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ६ मुसेपानी स्थित हर्क मल्लले संचालन गरेको भवानी कालीका कन्स्ट्रकसन प्रा.ली. को गोदाममा बिद्युतको तार सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम , हाईड्रोलीक लिटर ड्रम लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,००,००,०००।-( एक करोड) बराबरको धनमाल जलेर नष्ट भएको, आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा ऐ. ०४:१५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको ।