अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ९ त्रिवेणीघाट र भजनी न.पा. ५ नयाँबस्ति गाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.९९,३५०।– बराबरको चिनी, बिडी, सुर्ती, साडी, धोती, प्लाष्टिक झिल्ली, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।२४ गते १५:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ बसपार्कबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५१,०००।– बराबरको मिश्री बोरा थान २० (बिस) जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।