अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२५
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।२४ गते १४:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० सुकासाल स्थित ऐ. ७ बस्ने वर्ष २३ को प्रबिन धानुकले चलाएको सु.प.प्र.०२-००४ प ७९० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल पछाडी सवार ऐ.१६ बस्ने वर्ष ३१ को हिमाल बहादुर बमको साथबाट ०.६१ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएकोमा उक्त पदार्थ, मोटरसाइकल र निजहरु दुवै जनालाई अस्थायी प्रहरी बिट सुकासाल, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।