फरार प्रतिवादी पक्राउ
२०८१-१०-२५
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
- लागू औषध मुद्दामा २ महिना १८ कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१३ बस्ने बर्ष ४० को जियालाल राना ।
- चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१,००,०००।– (एक लाख) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ५ हसनपुर बस्ने बर्ष २८ को खेमराज ओझा ।
- चेक अनादर मुद्दामा रु.१,०००।- जरिवाना तोकिएकी धनगढी उ.म.न.पा. ५ बस्ने बर्ष ३७ की संयुक्ता शाह ।