अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु गोदावरी न.पा.४ गोदावरी हनुमान मन्दिर नजिक र बनदेबीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१९,३००।– बराबरको मोटरसाइकलका बिभिन्न पार्टपुर्जा, स्विटर, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।२५ गते १०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ९ ब्रहमदेवबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३०,०००।– बराबरको कस्मेटीक, खेलौना लगायतका सामानहरु इलाका प्रहरी ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।