अबैध काठ सहित तिन जना मानिस नियन्त्रणमा
२०८१-१०-२६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।०२५ गते १७:१० बजेको समयमा गौरीगंगा साझेदारी बन क्षेत्र भित्रबाट काठ चोरी पैठारी गरेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मसुरीया, कैलाली र सव-डिभिजन बन कार्यालय मसुरिया, कैलालीबाट खटिएको संयुक्त टोलीले जिल्ला कैलाली, गौरीगंगा न.पा.७ मटकौना पछलापट्टी बस्ने बर्ष ५१ को दिनेश चौधरी, बर्ष ४१ को निर्मल डगौरा थारु र बर्ष ५४ को सिताराम चौधरीले दिनेश चौधरीको घरमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा अवैध साल जातको काठ गोलिया थान-४ (५७.०८ क्युफिट) अन्दाजी मुल्य रु. ६८,४९६।- बराबरको काठ बरामद गरि उक्त अबैध काठ र निजहरु तिनै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सव-डिभिजन बन कार्यालय मसुरिया, कैलालीमा बुझाएको ।