फरार प्रतिवादी पक्राउ
२०८१-१०-२६
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२५ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
- लागू औषध मुद्दामा २ महिना २७ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.२ बस्ने बर्ष २७ को दिलिप ढकाल ।
- चोरी मुद्दामा २ महिना ७ दिन कैद सजाय र रु.१०,०००।– (दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, जानकी गा.पा. ९ बस्ने बर्ष २१ को जिवन चौधरी ।