प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-१०-२७

  • A
  • A-
  • A+
Share

    कैलाली:-   मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट ऐ.८ बस्ने बर्ष ३५ को राम विशाल राना र बर्ष २८ को हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                   

    यसैगरी,   मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २६ को नरेश शाहीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

    यसैगरी,   मिति २०८१।१०।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ पहाड रोड स्थित बसपार्क नजिकबाट ऐ. १ बस्ने बर्ष २६ को राजन हमाललाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

    यसैगरी,   मिति २०८१।१०।२६ गते २१:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने बर्ष १९ को तिलक थापा, बर्ष २१ को मनोज सार्की र ऐ.१ बस्ने बर्ष २३ को नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

   यसैगरी,   मिति २०८१।१०।२६ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बजारबाट जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.२ बस्ने बर्ष २९ को खगेन्द्र महरालाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                       

    कञ्चनपुर:-   मिति २०८१।१०।२६ गते ०६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास नं.पा.१० अमरबस्ती स्थित चकमेली बजारबाट जिल्ला कैलाली, गोदावरी न.पा १ अनामनगर बस्ने बर्ष २८ को सुरेश चौधरी र बर्ष २५ को रबिन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                        

    कञ्चनपुर:-   मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास नं.पा. ११ डोकेबजारबाट ऐ. १० भिमबस्ती बस्ने बर्ष २० को रोसन सिंह साउदलाई NITRAZEPAM-10 ट्याब्लेट थान १३ र SPASMO क्याप्सुल थान २१  सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                        

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।