अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ ब्यारेल नजिकबाट ऐ.८ बस्ने बर्ष ३५ को राम विशाल राना र बर्ष २८ को हरि रानालाई २ ग्राम ६९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.३ शंकरपुर स्थित सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष २६ को नरेश शाहीलाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२६ गते २१:०० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.२ पहाड रोड स्थित बसपार्क नजिकबाट ऐ. १ बस्ने बर्ष २६ को राजन हमाललाई १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२६ गते २१:१५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.३ मालिका टोल जाने बाटो नजिकबाट सोही ठाउँ बस्ने बर्ष १९ को तिलक थापा, बर्ष २१ को मनोज सार्की र ऐ.१ बस्ने बर्ष २३ को नितेस महरालाई ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।१०।२६ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बजारबाट जिल्ला कञ्चनपुर, शुक्लाफाटा न.पा.२ बस्ने बर्ष २९ को खगेन्द्र महरालाई ९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय चौमाला, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।१०।२६ गते ०६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास नं.पा.१० अमरबस्ती स्थित चकमेली बजारबाट जिल्ला कैलाली, गोदावरी न.पा १ अनामनगर बस्ने बर्ष २८ को सुरेश चौधरी र बर्ष २५ को रबिन्द्र ओलीलाई १ ग्राम २० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।१०।२६ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास नं.पा. ११ डोकेबजारबाट ऐ. १० भिमबस्ती बस्ने बर्ष २० को रोसन सिंह साउदलाई NITRAZEPAM-10 ट्याब्लेट थान १३ र SPASMO क्याप्सुल थान २१ सहित प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।