आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-२७
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।१०।२६ गते १७:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.९ झाक्रीटोल बस्ने कर्ण बहादुर शाहीको खरले छाएको १ तले १ कोठे कच्ची भान्सा घर र टिनले छाएको १ कोठे गोठमा बिद्युतको तार सर्ट भई आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.१,००,०००।- ( एक लाख) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिईएको ।