अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. २ शिषापोष्ट, ऐ.४ बसपार्क, गोदावरी न.पा. ४ गोदावरी हनुमान मन्दिर नजिक, टीकापुर न.पा. ४ अस्नेहरी र लम्कीचुहा न.पा. ३ चिसापानी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.३,६२,२००।– बराबरको चिनी, खानेतेल, बिडी, नल्काको सकेट, नल्काको वाल, टर्बो चार्जर, मोटरसाईकलका मडगाड, कभर, स्क्रिन गाड, पेन्ट डिब्बा, मोबाईलका कभर लगायतका सामानहरु सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।२७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. ९ ब्रहम्देव, ऐ.११ गड्डाचौकी र चाँदनी न.पा.७ चक्कीबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,८४,८५०।– बराबरको बिभिन्न किसिमका कपडा, बच्चाको खेलौना, प्लाष्टिक कुर्सी, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।