अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२७ गते १८:२० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बनदेवि मन्दिर नजिकबाट सोही ठाउँ बस्ने बर्ष २५ को राजेश शर्मा, बर्ष २२ को आरिफ अन्सारी र ऐ.३ बस्ने बर्ष २० को तुसार गुप्तालाई १ ग्राम ६४० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
कञ्चनपुर:- मिति २०८१।१०।२७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास नं.पा.४ कार्गीलडाँडाबाट भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कैलाली, गोदावरी न.पा ३ मलाखेती बस्ने बर्ष २७ को सुरज भट्टलाई ५३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।