आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट
२०८१-१०-२८
- A
- A-
- A+
डोटी:- मिति २०८१।१०।२७ गते ९:३० बजेको समयमा जिल्ला डोटी, के.आई. सिंह गा.पा.३ झिगा बस्ती बस्ने वर्ष ४० को बाजी भुलको दुई तले ४ कोठे ढुङ्गा, माटोले बनेको स्लेटले छाएको कच्ची घरमा बिहानको खाना पकाउने क्रममा आगलागी हुँदा घर र घर भित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन, फर्निचर, काठ लगायतका सामानहरु गरि अन्दाजी मुल्य रु.२,५०,०००।- ( दुई लाख पचास हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाया क्षती नभएको, आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा आएको ।