फरार प्रतिवादी पक्राउ
२०८१-१०-२८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८१।१०।२७ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
- लागू औषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ३१ को लक्ष्मण खड्का ।
- लेनदेन मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १३ बस्ने बर्ष ४५ को कमल साँउद ।