अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु टीकापुर न.पा.१ स्थित सडक खण्ड र लम्कीचुहा न.पा. ३ चिसापानी बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.८५,२२०।– बराबरको चिनी, खानेतेल, सुर्ती, चक्लेट, पेन्ट डिब्बा, ट्याक्टरको सोराज लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।२८ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त.न.पा. १० भन्सार कार्यालय नजिक र बेलौरी न.पा.६ भुराकोटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,७९,२५०।– बराबरको चिनी, मिश्री, खाने तेल, पेय पदार्थ, सुर्ती, बिडी, हाडवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।