चितुवाको छाला सहित मानिस पक्राउ
२०८१-१०-२९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२८ गते २०:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ बसपार्क स्थित मिलनसार होटेलको कोठाबाट जिल्ला डोटी, बोगटान गाउँपालिका ३ मेल्टा बस्ने बर्ष २६ को नरेश साउँदलाई चितुवाको जस्तो देखिने छाला थान- १ सहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।