अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-२९
- A
- A-
- A+
कञ्चनपुर:- भीमदत्त नगरपालिका-९ ब्रह्मदेब जिरो प्वाईन्टबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ करिब १२ किलोग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ घर भएका ३५ वर्षीय महेन्द्र बहादुर रोकाया र ४२ वर्षीय अमर बहादुर रोकाया रहेका छन् । इलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।