अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-१०-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२९ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिशापोष्ट, ऐ.३ मायामेट्रो हस्पिटल नजिक र भजनी न.पा.९ गञ्जुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४५,१५०।– बराबरको चिनी, नरिवल, हरियो खुर्सानी, सिंगठा, दुध पाउडर, प्रेशर कुकर, प्लाष्टिक डोरी, चक्लेट, पंखाको सेल, एकर फ्युज, कम्प्रेसर पाईप, पंखा कन्ट्रोलर, प्लग टप पिन, पाईप लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।