जुवातास खेलिरहेको अबस्थामा ९ जना पक्राउ
२०८१-१०-३०
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।२९ गते १५:०० बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.४ राजीपुर स्थित अनिल के.सी.को घरमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने वर्ष ६४ को हरी सापकोटा सहित ९ (नौ) जनालाई इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.७४,०००।–, मोबाईल थान-७ र ४ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।