अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-१०-३०
- A
- A-
- A+
कैलाली:- जानकी गाउँपालिका-७ खल्ला गोलौरी बस्ने ६० वर्षीय रामशरण महतोलाई अवैध लागूऔषध गाँजा २ किलो ५ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।