प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१-१०-३०

  • A
  • A-
  • A+
Share

        कैलाली:- कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-११ बस्ने ४८ वर्षीय देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

        जिल्ला अदालत कैलालीको २०६७ मंसिर २७ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्म कैद सजाय ठहर भई सजाय भुक्तान गरिरहेको अवस्थामा २०६९ साउन २२ गते कैलाली कारागारबाट भागि फरार रहेका उनलाई कञ्चनपुर भीमदत्त नगरपालिका-१० गड्डाचौकीबाट पक्राउ गरेको हो । 

                  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।