अवैध रुपमा भन्सार छली ल्याएको औषधी बरामद
२०७९-११-१६
- A
- A-
- A+
कञ्चनपुर: मिति २०७९।११।१५ गतेको दिउसो बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ०३ भाँसी पुल नजिक अवैध रुपमा भन्सार छली गरी ल्याई लुकाई छिपाई राखिएको अबैध औषधी SEGOPLEX ८१० पत्ता, BONEVIT १००० पत्ता र NEUROMAX १०८० पत्ता गरि जम्मा अ.मुल्य रु.१०,२१,४००/-(दश लाख एक्काईस हजार चार सय) बराबरको अबैध औषधी वेवारिसे अवस्थामा फेला पारी कानुन बमोजिम बरामद गरी, आवश्यक कारवाहीको लागी प्रहरीले भन्सार कार्यालय गड्डा चौकी कञ्चनपुर पठाईएको छ ।