अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०१
- A
- A-
- A+
कैलाली:- मिति २०८१।१०।३० गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक चौराहा, ऐ.१९ खेदाघाट, टीकापुर न.पा.४ अस्नेहरी, भजनी न.पा.६ काँडा, कैलारी गा.पा.५ गोबरेला र जानकी गा.पा. ४ झूलंगे पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,६४,७९५।– बराबरको प्याज, चिनी, बदाम, सोडा, खानेतेल, अगरबत्ती, बिडी, सुर्ती, टेन्ट, प्लाष्टिक झिल्ली, औंठीमा लगाउने पत्थर, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।१०।३० गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु बेलौरी न.पा.१ खल्ला र पुनर्वास न.पा. ११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१८,५९८।– बराबरको पेय पदार्थ, कुरकुरे, चक्लेट, मसला, बोईलर कुखुरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।