अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०१
- A
- A-
- A+
डडेल्धुरा:- मिति २०८१।१०।३० गते १४:२० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बजार स्थित बाझाङबाट धनगढी तर्फ जादै गरेको ना ७ ख ४०९ नम्बरको सुदुरपश्चिम यातायात प्रा.ली.को बसभित्र शंका लागी चेकजाँच गर्दा जिल्ला बझाङ, छबिसपाथीभेरा गा.पा.३ बस्ने बर्ष ७१ को चन्द्रदेब जैशीले चामलको कट्टा भित्र लुकाई छिपाई ल्याउदै गरेको ७८४ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ र निजलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी स्याउले, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।