प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

      डडेल्धुरा:-   मिति २०८१।१०।३० गते १४:२० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बजार स्थित बाझाङबाट धनगढी तर्फ जादै गरेको ना ७ ख ४०९ नम्बरको सुदुरपश्चिम यातायात प्रा.ली.को बसभित्र शंका लागी चेकजाँच गर्दा जिल्ला बझाङ, छबिसपाथीभेरा गा.पा.३ बस्ने बर्ष ७१ को चन्द्रदेब जैशीले चामलको कट्टा भित्र लुकाई छिपाई ल्याउदै गरेको ७८४ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ र निजलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी स्याउले, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कैलाली:-   मिति २०८१।१०।३० गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ व्यारेल नजिकबाट ऐ. गोदावरी न.पा.१० बस्ने बर्ष २१ को विवश चौधरी र जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ७ बस्ने बर्ष २५ को धिरज रानालाई ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-०१

     कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.१ ब्लक नम्बर १४  बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ ३ ग्राम ११० मिलिग्राम र लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही न.पा.९ बस्ने बर्ष २० को पुष्प साउद समेत ६ जनालाई विहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको हो ।       यसैगरी, जिल्ला कैलाली टिकापुर न.पा.९ खक्रौलाबाट २८० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही न.पा.१ बस्ने बर्ष ३० को कुबेर बनलाई विहीबार वेलुकी प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले बा ७८ प १५१५ नम्बरको स्कुटरमा सवार निजलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, स्कुटर सहित पक्राउ गरेको हो ।