प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०१

  • A
  • A-
  • A+
Share

      डडेल्धुरा:-   मिति २०८१।१०।३० गते १४:२० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बजार स्थित बाझाङबाट धनगढी तर्फ जादै गरेको ना ७ ख ४०९ नम्बरको सुदुरपश्चिम यातायात प्रा.ली.को बसभित्र शंका लागी चेकजाँच गर्दा जिल्ला बझाङ, छबिसपाथीभेरा गा.पा.३ बस्ने बर्ष ७१ को चन्द्रदेब जैशीले चामलको कट्टा भित्र लुकाई छिपाई ल्याउदै गरेको ७८४ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ र निजलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र प्रहरी चौकी स्याउले, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कैलाली:-   मिति २०८१।१०।३० गते १९:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ व्यारेल नजिकबाट ऐ. गोदावरी न.पा.१० बस्ने बर्ष २१ को विवश चौधरी र जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा. ७ बस्ने बर्ष २५ को धिरज रानालाई ६३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०३-३०

    कैलाली:-  मिति २०८२।०३।२९ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० जुगेडाबाट ऐ.९ बंग्राकटान बस्ने बर्ष ३३ को नारायण बि.क.लाई शंका लागि चेकजाँच गर्दा ४०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।          कञ्चनपुर:- मिति २०८२।०३।२९ गते २०:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२-००३ प ८४३७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा चालक जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.२ बन्साह बस्ने बर्ष २९ को खगेन्द्र महराको साथबाट १.०३ ग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल सहित निजलाई प्रहरी चौकी भुडा, कञ्चनपुर र सशस्त्र प्रहरी वल BOP पचुईबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।