फरार प्रतिवादी पक्राउ
२०८१-११-०१
- A
- A-
- A+
बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले लागू औषध खैरो हेरोईन मुद्दामा २ महिना कैद सजाय र रु.५,०००।- जरिवाना तोकिएको जिल्ला बैतडी, दशरथचन्द न.पा.८ वस्ने वर्ष ३४ को कमल सिंह मार्कण्डलाई जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।३० गते ऐ. ४ स्थित गोठलापानी बजारबाट पक्राउ गरेको ।