अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०१ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. ३ ट्राफिक रिसोट नजिक, मायामेट्रो हस्पिटल नजिक, ऐ.९ त्रिवेणीघाट, गोदावरी न.पा. ०४ गोदावरी हनुमान मन्दिर नजिक, गोदावरी वनदेवी मन्दिर नजिक र टीकापुर न.पा.९ खक्रौलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५,२३,९७०।– बराबरको बच्चाको खेलौना, नमकिन, केक, बिभिन्न किसिमका कपडा, JCB/स्काईभेटरका विभिन्न पाटपुर्जा, ट्याक्टरका बिभिन्न पाटपुर्जा, भाँडा बर्तन, मोबाइल कभर, चार्जिङ पिन, डिस्प्ले, टर्च लाईट, बोईलर कुखुरा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।०१ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा.११ भुजेला, बेलौरी न.पा.५ मैना र दोधारा चाँदनी न.पा. ३ जमुनाघाडीबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,३०,८००।– बराबरको प्याज, अचार, बिउबिजन, बिभिन्न किसिमका कपडा, हाडवेयर लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।