वेवारिसे काठ बरामद
२०८१-११-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०१ गते १३:०० बजेको समयमा जिल्ला कैलाली, जानकि गा.पा.७ हिम्मतपुर स्थित सडकखण्डमा भे १ त ६६०७ नम्बरको ट्याक्टरमा लोडगरि राखेको अवस्थामा दबदवे (ज्याङ्रग्रा) जातको काठ गोलिया थान-८८ (अठासी) सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको, उक्त काठ र ट्याक्टर आवश्यक कारवाहीको लागि श्री सब डिभिजन बन कार्यालय टीकापुर, कैलालीको जिम्मा लगाएको ।