जुवातास खेलिरहेको अबस्थामा ९ जना पक्राउ
२०८१-११-०२
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०१ गते २३:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ४ स्थित जिल्ला डडेल्धुरा, आलिताल गा.पा.३ बस्ने बर्ष २८ की पुजा खड्काले सञ्चालन गरेको होटल सोल्टिमा जुवातास भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक पुजा खड्का, ऐ. आलिताल गा.पा. ७ बस्ने बर्ष ४० को गणेश थापा, ऐ. अजयमेरु गा.पा. ३ बस्ने बर्ष ३७ को ईश्वर पाण्डे, जिल्ला बैतडी, सिगास गा.पा. ३ बस्ने बर्ष २५ की हिमा धामी, ऐ. पुर्चौडी न.पा. ८ बस्ने बर्ष ५५ को कालु सिंह धामी, ऐ. पाटन न.पा. ४ बस्ने बर्ष ४१ को सुरेन्द्र ऐर, जिल्ला कैलाली, गौरीगंगा न.पा.९ बस्ने बर्ष ४१ को लक्ष्मण खड्का, जिल्ला बझाङ, थलारा गा.पा.३ बस्ने बर्ष ३० को मिन बहादुर भण्डारी र ऐ. दुर्गाथली गा.पा.८ बस्ने बर्ष ४३ को सुरज दौल्याल सहित ९ (नौ) जनालाई वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद रु.१,९७,६७२।- र २ गड्डी तास सहित पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।