अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०२
- A
- A-
- A+
कैलालीः- गोदावरी नगरपालिका-३ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो ८ सय ६० ग्राम सहित बझाङ केदारस्युँ गाउँपालिका-७ भामचौर बस्ने ४६ वर्षीय घोडे धामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।