अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०२ गते १५:५० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गौरीगंगा न.पा.८ बढैपुर स्थित सोही ठाउँ बस्ने बर्ष ५३ कि बेलमती देवी बोहराले संचालन गरेको नास्ता पसलमा खानतलासी गर्दा उक्त पसलबाट १ किलो ६६५ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ र निजलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।