अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-११-०३
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०२ गते १२:४० बजेको समयमा इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, टीकापुर न.पा.१ शिवनगर बस्ने वर्ष ४१ को शेर बहादुर थारुले चलाएको से १ त ३९२६ नम्बरको ट्याक्टरमा अबैध रुपमा सिसौ र कटहरको काठ ओसार पोसार गरिरहेको अबस्थामा सिसौको काठ गोलिया थान १४, कटहरको गोलिया थान १ गरि जम्मा १५ गोलिया (३२.२ क्युफिट) फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि सब डिभिजन बन कार्यालय टीकापुर, कैलालीमा बुझाएको ।