अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०४
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०३ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ बिशाल नगर, ऐ. १२ मनेहरा शिविर नजिक, ऐ. १९ खेदाघाट, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक र कैलारी गा.पा. ३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४६,८७०।– बराबरको प्याज, चिनी, बिडी, सुर्ती, पेन्ट, साबुन, पटाका, मिठाई, बिस्कुट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।