अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०४ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.३ बिशालनगर, ऐ. १२ मनेहरा शिविर नजिक, ऐ. १९ खेदाघाट, गोदावरी न.पा.४ हनुमान मन्दिर नजिक र कैलारी गा.पा. ३ शिवरत्नपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४८,३००।– बराबरको सुर्ती, बिडी, सुटपिस, कुर्ती, गम्छा, माछा, सिद्रा माछा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।०४ गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० भन्सार कार्यालय नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,२०,६६५।– बराबरको बिभिन्न किसिमका कपडा, तरकारी, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी गड्डाचौकी, कञ्चनपुर र सशस्त्र प्रहरी वल नेपाल प्रस्थावित सिमा सुरक्षा गुल्म कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।