अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०४ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ बलियाबाट सोही ठाउँ बस्ने बर्ष ३८ को मेसक चौधरी र बर्ष १९ को अमृत चौधरीलाई Nemedol १७ ट्याबलेट र tramadol ४३ ट्याबलेट सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।०४ गते १८:५५ बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा. २ पहाड रोड तेघरीबाट सोही ठाउँ बस्ने बर्ष २७ को दिपेन्द्र राज लेखक र बर्ष २२ को आशिष भण्डारीलाई १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।०४ गते २३:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ लब्लीचोकबाट ऐ. कैलारी गा.पा.३ बस्ने बर्ष २८ को निमोह चौधरीलाई १०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।