अबैध काठ बरामद
२०८१-११-०५
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०४ गते १०:२५ बजेको समयमा इलाका प्रहरी कार्यालय पृथ्वीपुर, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, भजनी न.पा.५ चमरौदा स्थित गहु बारीमा चिराएर राखेको साल जातको काठ कडी थान १७ र फ्रेम थान ७ गरी जम्मा २४ थान गरि १२.३३ क्युफिट काठ बेवारीसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त काठ आवश्यक कारवाहीको लागि सब-डिबीजन बन कार्यालय भजनी, कैलालीमा बुझाएको ।