अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०५ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ सिसा पोष्ट, ऐ.९ त्रीवेणीघाट, गोदावरी न.पा.३ चौकिडाँडा, भजनी न.पा.३ ठेकीपुर र ऐ. ०८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,४१,१८०।– बराबरको प्याज, चिनी, नरिवल, कपी, पेन्सिल, बिडी, सुर्ती, सुटपिस, कुर्ति, माछा, कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।