प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८१-११-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:-   मिति २०८१।११।०५ गते १३:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने बर्ष २७ को उपेन्द्र रावल र १६ बर्षिय किशोर समेत दुई जनालाई ९३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।      

      यसैगरी,   मिति २०८१।११।०५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ “B” गाउँबाट ऐ. “A” गाउँ बस्ने बर्ष ३५ को शेर बहादुर भण्डारी र बर्ष २१ को आशिष ढाँटलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             

    यसैगरी,   मिति २०८१।११।०५ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर भन्सार ब्यारेलबाट सु.प.प्र.०१-०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.५ बस्ने बर्ष १९ को विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मोटरसाइकल पछाडी सवार जिल्ला बाजुरा, बुढीगंगा न.पा.४ बस्ने बर्ष २३ दिपेन्द्र खाती समेत दुवै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 



सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।