अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०६
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०५ गते १३:१५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१९ लल्लिपुरबाट सोही ठाउँ बस्ने बर्ष २७ को उपेन्द्र रावल र १६ बर्षिय किशोर समेत दुई जनालाई ९३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।०५ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १२ “B” गाउँबाट ऐ. “A” गाउँ बस्ने बर्ष ३५ को शेर बहादुर भण्डारी र बर्ष २१ को आशिष ढाँटलाई ८५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।०५ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. २ त्रिनगर भन्सार ब्यारेलबाट सु.प.प्र.०१-०१२ प ७४९५ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.५ बस्ने बर्ष १९ को विनोद गिरीले लागाएको हेल्मेट भित्र लुकाइ छिपाइ राखेको अवस्थामा ५ ग्राम १०० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाईकल र मोटरसाइकल पछाडी सवार जिल्ला बाजुरा, बुढीगंगा न.पा.४ बस्ने बर्ष २३ दिपेन्द्र खाती समेत दुवै जनालाई प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।