अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०६
- A
- A-
- A+
कैलाली:- धनगढी उ.म.न.पा.-५ यातायात कार्यालय पछाडी सडक छेउबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३१ ग्राम ७३० मिलिग्राम र लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ करिब २ के.जि. १७५ ग्राम सहित जिल्ला बझाङ्, केदारस्युँ गा.पा.६ बस्ने बर्ष २६ को गोविन्द बहादुर धामी र बर्ष २८ को लोकेन्द्र बोहरालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी, लम्कीचुहा नगरपालिका-२ बगनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।