अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०७
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०६ गते १९:५० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ नवदुर्गा टोलबाट सोही ठाउँ बस्ने बर्ष ३० को भक्त राज जोशी, बर्ष ३२ को प्रदिप योगी, ऐ.१ बस्ने बर्ष २४ को बल श्रीमाल र १८ बर्षिय किशोर समेत चार जनालाई १ ग्राम १२० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।