अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०८
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०७ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.५ हसनपुर पिपलचौतारा नजिक र कैलारी गा.पा.४ भितरियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.७,१८,१२०।– बराबरको बिभिन्न किसिमका कपडाहरु, मिठाई, प्रसाद दाना, पापड लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
कञ्चनपुर:- मिति २०८१।११।०७ गते कञ्चनपुर जिल्लाको बिभिन्न स्थानहरु भिमदत्त न.पा. ५ सुकाशाल र ऐ. १० जिमुवाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,१४,४६०।– बराबरको कस्मेटिक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।
अबैध लागू औषध सहित मानिस नियन्त्रणमा