अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८१-११-०९
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।०८ गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा.२ ट्राफिक चौराहा, माछा पोखरी, ऐ.८ धनगढीगाउँ, गोदावरी न.पा. ०४ गोदावरी हनुमान मन्दिर नजिक र भजनी न.पा. ८ खैराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,३५,४५०।– बराबरको बिडी, सुर्ती, चक्लेट, मुगफली, धाराको टुटी, मिठाई, पेय पदार्थ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।