अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-०९
- A
- A-
- A+
कञ्चनपुर:- मिति २०८१।११।०८ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजारबाट भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा जिल्ला बैतडी, पाटन न.पा.६ बस्ने बर्ष २८ को कमल भण्डारीलाई ८१० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी परासन, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।