प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अटोको ठक्करबाट पैदल यात्रिको मृत्यु

२०८१-११-१०

  • A
  • A-
  • A+
Share

     अछाम:-  मिति २०८१।११।०९ गते १४:५५ बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.७ रिडिकोट स्थित साँफे-मंगलसैन सडक खण्डमा सु.प.प्र.०१-००१ ह ६४२३ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ५५ की जनक शाह (महिला) लाई सडक क्रस गर्ने क्रममा ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम लगिएकोमा उपचारको क्रममा ऐ.१६:०० बजे मृत्यु भएको, अटो र अटो चालक बान्निगढी जयगढ गा.पा.४ तिमिलसैन बस्ने बर्ष २४ को बिशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।    


सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस पक्राउ
२०८२-११-१७

   कैलाली :- धनगढी उ.म.न.पा.२ नल्काघाट स्थितबाट जिल्ला कैलाली घोडाघोडी न.पा.१ बस्ने बर्ष २९ को किरण चौधरीलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट ४ ग्राम ६७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी निजलाई शनिबार प्रहरी चौकी त्रिनगर,कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।    कञ्चनपुर, भिमदत्त न.पा.२ भासी स्थितबाट जिल्ला कञ्चनपुर बेदकोट नगरपालीका वडा नं.१ बस्ने बर्ष २३ को बाल चन्द्र धामी र भिमदत्त न.पा.४ बस्ने बर्ष २१ को अभिषेक चन्दलाई शंका लागी चेकजाँच गर्दा बालचन्द सिंह धामीको साथबाट १ ग्राम ८१ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी दुबै जनालाई शनिबार अस्थायी प्रहरी पोष्ट भासी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।