अटोको ठक्करबाट पैदल यात्रिको मृत्यु
२०८१-११-१०
- A
- A-
- A+
अछाम:- मिति २०८१।११।०९ गते १४:५५ बजेको समयमा जिल्ला अछाम, साँफेबगर न.पा.७ रिडिकोट स्थित साँफे-मंगलसैन सडक खण्डमा सु.प.प्र.०१-००१ ह ६४२३ नम्बरको अटोले सोही ठाउँ बस्ने पैदल यात्री बर्ष ५५ की जनक शाह (महिला) लाई सडक क्रस गर्ने क्रममा ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा, अछाम लगिएकोमा उपचारको क्रममा ऐ.१६:०० बजे मृत्यु भएको, अटो र अटो चालक बान्निगढी जयगढ गा.पा.४ तिमिलसैन बस्ने बर्ष २४ को बिशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको ।