अबैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८१-११-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।१० गते १८:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ पुष्पलाल चोक नजिकबाट सोही ठाउँ बस्ने बर्ष २१ को अर्जुन कडायत र बर्ष २८ को सन्तोष घिमिरेलाई १८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।
यसैगरी, मिति २०८१।११।१० गते १९:३० बजेको समयमा जिल्ला कैलाली, टीकापुर न.पा.७ बनगाउँ स्थित सडक खण्डमा लागू औषध खरिद तथा बिक्री वितरण भई रहेको भन्ने विशेष सुचनाको आधारमा ऐ.९ बस्ने बर्ष २५ को अजय चौधरी समेत दुई जनालाई २ ग्राम ८९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।