अबैध काठ सहित मानिस नियन्त्रणमा
२०८१-११-११
- A
- A-
- A+
कैलाली:- मिति २०८१।११।११ गते ०३:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय जोशीपुर, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले जिल्ला कैलाली, टिकापुर न.पा.६ बस्ने बर्ष ४२ को कमल चौधरीले चलाएको से १ त ४६३८ नम्बरको ट्याक्टरमा अबैध रुपमा काठ ओसार पोसार गरिरहेको अबस्थामा २ गोलिया साल जातको काठ फेला पारी आवश्यक प्रक्रिया पुरा गरि उक्त अबैध काठ सहितको ट्याक्टर र ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि डिभिजन बन कार्यालय भजनी, कैलालीमा बुझाएको ।